१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १o:१o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विपद्मा सरकारको पहलकदमी  शून्यबराबर : माओवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १o:१o:oo

प्रमुख प्रतिपक्ष दल माओवादीले मौसम पूर्वानुमानअनुसार बाढीपहिरो र त्यसबाट हुन सक्ने क्षतिको आकलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा आइतबार साँझ बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले सरकार आवश्यक पूर्वतयारीमा चुकेको निष्कर्ष निकालेको हो ।

‘विपत्बारे पूर्वआकलन हुँदाहुँदै पनि सरकारले गम्भीरतापूर्वक लिएन । काठमाडौं उपत्यकामै दुई–दुई घण्टासम्म चित्कार गर्दासमेत उद्धार भएन । भिजिबिलिटी नभएर हेलिकोप्टर जान सकेन भन्ने लज्जास्पद कुरा आयो । सरकारको पहलकदमी र समन्वय देखिएन ।

सर्वदलीय बैठक पनि हामीले बोलाएपछि मात्रै सरकारले बोलायो,’ बैठकपछि माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नयाँ पत्रिकासँग भने, ‘सरकार पूरै गैरजिम्मेवार देखियो । सरकारले चार दिन पहिले पूर्वतयारी बैठक गरेर प्रभावकारी कदम चालेको भए क्षतिलाई धेरै न्यून गर्न सकिन्थ्यो ।’