१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार o९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा आजबाट खानेपानी नियमित आपूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o९:५८:oo

अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध खानेपानी आपूर्ति सोमबारबाट नियमित हुने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवले क्षति पुर्‍याएका ठाउँमा आइतबार अनुगमन तथा निरीक्षण गरी क्षति भएको स्थानमा मर्मत गरी खानेपानी आपूर्ति नियमित गर्न निर्देशन दिएका हुन् । 

सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए । उनले भने, ‘सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौँ । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा परेको र डुबानमा नपरेका भूमिगत स्रोतको एक करोड लिटर पानी मात्रै हाल वितरण गर्न सकिने अवस्था छ ।

यसैगरी, ललितपुरको स्रोतमा फर्पिङ जलविद्युत्गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानीको आपूर्ति असहज भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । काठमाडौंको महांकाल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले त्यसको मर्मतका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए । विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् रूपमा नियमित पानी आपूर्तिमा असहज भएको छ ।