१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार o९:o८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o९:o८:oo

भारी वर्षा हुने पूर्वानुमानका बाबजुद किन बाढीपहिरोबाट ठूलो मानवीय क्षति हुन पुग्यो ? 
ठुलो मानवीय क्षति पहिरोका कारण भएको छ । यति गम्भीर क्षति हुन सक्छ भन्ने आकलन वास्तवमै हाम्रो थिएन । अहिलेसम्मकै रेकर्ड वर्षा भएकाले पनि यस्तो ठूलो क्षति भएको हो । अर्कोतर्फ सडक प्रयोगसम्बन्धी ‘एड्भाइजरी’लाई पनि गम्भीरतासाथ लिने काम गरिएन । जोखिम मोलेरै यात्रा गर्दा पनि कतिपय क्षति भएका छन् । काठमाडौंमा धेरै ठाउँ डुबानमा पर्न सक्ने भन्दै सतर्कता अपनाउन हामीले भन्दै नै आएका थियौँ । त्यसैले, अहिलेसम्मकै ठुलो वर्षा नै ठुलो क्षतिको कारण हो भन्ने लाग्छ ।   

सरकार पूर्वतयारीमा असाध्यै कमजोर  रह्यो भनेर आलोचना भइरहेको छ नि ?
पूर्वतयारी भनेको मुख्य विषय ‘अर्ली वार्निङ सिस्टम’ नै हो । बिहीबारदेखि ठुलो वर्षा हुन्छ भनेर सतर्कता अपनाउन हामीले विभिन्न माध्यमबाट अनुरोध गरेका थियौँ । सुरक्षाकर्मी पनि तयारी अवस्थामै राखिएका थिए । विपत्पछिको उद्धारमा मानवीय प्रयासमा कुनै कमी भएको छैन । प्रविधिको अलि कमीको महसुस भएको छ । ड्रोनबाट डोरीको प्रयोग गरेर हुने उद्धार गर्न सकिन्थ्यो, त्यसमा अलिकति तयारीमा कमजोरी रह्यो कि भन्ने लागेको छ ।  

अब राहत र  पुनर्निर्माणको तयारी के छ ? 
अझै हामी उद्धारकै चरणमा छौँ । सोमबार बिहान राहतलगायतको विषयमा मन्त्रीज्यूकै अध्यक्षतामा कार्यकारी समितिको बैठक पनि बस्दै छ । एकद्वार नीतिबाट राहत वितरण गर्छाैँ । यसमा स्थानीय तहसँग पनि समन्वय भइरहेको छ ।