१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १४ सोमबार १o:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 रास्वपाले भन्यो– दुईतिहाइ सरकारको हैसियत विपत्मा देखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १o:१७:oo

पार्टीको केन्द्रीय समिति बैठकमा व्यस्त रास्वपाले दुईतिहाइको सरकारको हैसियत दुई दिनको पानीले देखाएको भन्दै कडा आलोचना गरेको छ ।

‘दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखाइदियो । पहिलो र दोस्रो दलको सशक्त सरकार बन्छ र समस्याहरू सहजै पार लाउँछ भनिएको थियो । तर, यो गठबन्धन त तेस्रो, चौथो दल, बालेन, हर्क, कुलमानहरू लखेट्न मात्रै बनेको रहेछ । त्यसैले गर्दा यस्तो अवस्था आउँदा खोइ त तयारी ?’ प्रवक्ता मनीष झाले सञ्चारकर्मीहरूसँग भने, ‘यो सरकार असंवेदनशील, अकर्मण्य, अक्षम र असफल साबित भएको छ ।’

नागरिकलाई सूचना जारी गर्नेबाहेक पीडित नागरिकहरूको उद्धारमा सक्रियता प्रदर्शन नगरेको भन्दै रास्वापाले खेद प्रकट गरेको छ । साथै, अपेक्षित भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण पनि गरेको छ ।