१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
बस्तीमा पसेको कर्मनासा खोलाको बाढी सफा गर्दै ग्वार्को इमाडोलका स्थानीय । बाढीले सडक, फुटपाथ पेटी, घरहरूमा धेरै क्षति पु¥याएको छ । तस्बिर : संजित परियार / नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o८:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दक्षिण ललितपुरको क्षति अझै अनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o८:५८:oo

बाढीपहिरो गएको दुई दिन बितिसक्दा पनि उपत्यकाकै एक जिल्ला ललितपुरको दक्षिणी भएको क्षतिबारे विवरण आएको छैन । जिल्लाको दुर्गम भनेर चिनिने दक्षिण ललितपुर विद्युत्, टेलिफोन र सडक सेवाबाट विच्छेद हुँदा बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण आउन नसकेको हो । ललितपुरको महांकाल गाउँपालिकाको ठुलादुर्लुङ, बागमती गाउँपालिकाको घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, गिम्दीलगायतका ठाउँको अवस्थाबारे अझै जानकारी आउन नसकेको हो ।

बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनका अनुसार बाढी र पहिरोको कारण विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएकाले यकिन गर्न सक्ने अवस्था छैन । हालसम्म गाउँपालिकाभित्र एक पुरुष मृत्यु भएको र अर्का एक बेपत्ता भएको सूचना आएको छ । ८–१० घरमा क्षति पुगेको र धेरै पशुचौपायाको क्षति भएको जानकारी छ । ‘जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम आएकाले विस्तृत र यकिन जानकारी छैन ।

बाढी र पहिरोले गाउँपालिका पुग्ने बाटो बिग्रिएको छ । चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बाढीले बगाएको छ । विद्युत् र टेलिफोन सेवा अवरुद्ध छन् ।’ अध्यक्ष लोप्चनले भने, ‘फोन लाग्दा पीडितहरूलाई स्कुलमा राखेर खानपिनको व्यवस्था गर्न भनेको छु । आइतबार बिहानदेखि बाटो खुलाउने काम पनि सुरु भएको छ ।’ 

वीरबहादुर लोप्चन, अध्यक्ष, बागमती गाउँपालिका 
जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम आएको छु । बाढी र पहिरोले गाउँपालिका पुग्ने बाटो बिग्रिएको छ । चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको छ । विद्युत् र टेलिफोन सेवा अवरुद्ध छन् । फोन लाग्दा पीडितहरूलाई स्कुलमा राखेर खानपिनको व्यवस्था गर्न भनेको छु । आइतबार बिहानदेखि बाटो खुलाउने काम पनि सुरु भएको छ ।

बाढीपहिरोबाट ललितपुरमा मृत्यु हुनेको संख्या ३० पुग्यो, सात बेपत्ता
गत बिहिबारदेखि परेको भारी वर्षाका कारण ललितपुरमा मृत्यु हुनेको संख्या ३० र बेपत्ता हुनेको संख्या सात पुगेको छ । बेपत्ता हुनेहरूको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठका अनुसार हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा एक हजार ९० जनाको उद्धार गरिएको छ । शनिबारको पहिरोमा परी घाइते भएका महांकाल गाउँपालिका– २ को एकजना र गोदावरी नगरपालिका– ७ देवीचौरका दुईजनालाई सेनाको हेलिकोप्टरबाट उद्धार गरी सदरमुकाम ल्याइएको छ । 
आइतबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले उद्धार तथा खोजी कार्यमा निरन्तरता दिने, क्षतिको विवरण संकलन गर्न समिति गठन, मृतक तथा पीडित व्यक्ति परिवारलाई एकद्वार प्रणालीमार्फत राहत वितरण, घाइतेहरूको उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्था मिलाउने निर्णयसमेत भएको छ । अवरुद्ध सडक, खानेपानी, विद्युत् र सञ्चारका यथाशीघ्र सञ्चालन गर्न सिडिओको अध्यक्षतामा विपत् क्लस्टरसम्बन्धी बैठक बसेर सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

आइतबार १३ जनाको शव भेटियो
शनिबारको बाढीपहिरोमा परेर हराएकामध्ये आइतबार १३ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार महालक्ष्मी नगरपालिका– ८ संखादेवी बस्ने ५६ वर्षीया लीला थापा, झापा घर भई ललितपुर महानगरपालिका– ३ मनमोहन पार्कमा वैभव पावर नेपाल प्रालिको स्टोरमा काम गर्ने २८ वर्षीका सुवास पाण्डे, महालक्ष्मी नगरपालिका– ९ लुभुखोलाको छेउको पहिरोमा बेपत्ता भएका सुर्खेत घर भई लुभु बस्ने २४ वर्षीया हरिकला थापामगर, उनकी छोरी साढे दुई वर्षकी सिम्रिका थापामगर र उनका ५० वर्षीय ससुरा शिव थापामगरको शव फेला परेको छ ।

बागमती गाउँपालिका– ५ भालु खोलामा बस्ने ६४ वर्षीया माइली श्रेष्ठ, गोदावरी नगरपालिका– ७ छोटेडाँडा देवीचौरमा पुरिएको अवस्थामा छोटेडाँडा बस्ने एकै परिवारका ४५ वर्षीयको जयमान न्यासुर तामाङ, ४० वर्षीया कान्छीमाया तामाङ, २० वर्षीया बाल्स्या तामाङ र दुई महिनाको बालिका नाम नखुलेको अवस्थामा शव भेटिएको छ ।