१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार o८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एन्फा ऐकेडेमीको लापरबाहीका कारण विकल रेग्मीको ज्यान गएको आफन्त र स्थानीयको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o८:३९:oo

मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा खसेको पहिरोमा परी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा वर्ष १४ का विकल रेग्मीको विकल रेग्मीको मृत्यु भएपछि आफन्त र छिमेकी शोकमा डुबेका छन् । 

एन्फा एकेडेमी र विद्यालयको लापरवाहीले विकलको ज्यान गएको भन्दै उनीहरुले मृतक प्रशिक्षार्थी विद्यार्थीको उचित सम्मान र पारिवारजनमा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। घटनापछि मृतक विकलको घरमा पुगेका निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठूलो क्षति बेहोरेको बताए । 

यसैबीच विकलको शव आज बिहान निजगढ ल्याइने भएको छ। निजगढ नगरपालिकाले आइतबार साँझ सूचना जारी गरेर स्व. विकलको पार्थिव शरिरलाई अन्तिम विदाइको लागि स्वर्गिय विकलको शव आज निजगढ नगरपालिका ९ स्थित शहिद हिरालाल रंगशालामा राखिने र श्रद्धाञ्जी कार्यक्रमको आयोजना गरिने जनाएको छ। 

निजगढ नगरपालिकाले बिकलको शवलाई सहिद हिरालाल रंगशालामा राखेर अन्तिम बिदाइ दिने तयारी रहेको नगर प्रमुख सुरथ पुरी बताए । उनले बिकलको अन्तिम बिदाइमा सहभागी हुन नगरबासीलाई आह्वानसमेत गरेका छन्।

श्रद्धान्जली कार्यक्रममा सहभागी हुन सम्पूर्ण निजगढबासीमा नगरपालिकाले अनुरोध पनि गरेको छ। इन्द्रसरोबर गाउँपालिका ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले संचालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडी बिकल रेग्मीसँगै ६ जना खेलाडीको पहिरोमा परी मृत्यु भएको थियो।