१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार o८:२२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o८:२२:oo

उपत्यकाबाट बाहिरिने मुख्यमुख्य नाकाका अधिकांश सडक अस्तव्यस्त किन छन् ?
बर्खासँगै आएको बाढीपहिरोबाट सडकमा समस्या सिर्जना हुने हो । अहिले पनि भएको त्यही हो । अझै ठुलो पानी पर्ने प्रक्षेपण गरिँदै छ । हामीले प्रमुख प्राथमिकतामा राखेर राजधानीबाट बाहिरिने सबैजसो नाकाका सडकमा काम गरिरहेका छौँ । काठमाडौं–नौबिसे सडक अलि बढी बिग्रेको छ । त्यहाँ तत्काल पिच गर्न सम्भव छैन । तर, हामी ग्राभेल गरेर त्यसलाई सहज यात्रायोग्य बनाउँछौँ । बिपी राजमार्गमा खासै ठुलो समस्या छैन । सानातिना खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । अरनिको राजमार्गको समस्या समाधान गर्न पनि निरन्तर काम भइरहेको छ । 

यस्तो अस्तव्यस्त सडकमा कहिलेसम्म र कसरी सुधार होला त ? 
हामीले असारमै मर्मत सम्भारका लागि ठेक्का लगाएका हौँ । तर, लगातारको वर्षाले काम भएको छैन । बिचबिचमा बाढी, पहिरो आएर पनि समस्या थपिएको छ । हामीले भदौभरिमा मर्मत पूरा गरिसक्न भनेका थियौँ । तर, केही ढिला भए पनि असोजको १४–१५ सम्ममा मर्मत कार्य पूरा हुनेछ । पहिरोले पुरिएको स्थानमा पहिरो हटाएर ‘स्मुथ’ पार्ने काम हुन्छ । पुनः पहिरो आएर सडक अवरुद्ध भएमा हटाउन एक सय ३५ स्थानमा हाम्रा ‘इक्विप्मेन्ट’हरू ‘स्ट्यान्ड बाई’ राखिएका छन् । समस्याग्रस्त स्थानबाट हाम्रा साधन टाढा भएमा स्थानीय साधन भाडामा लिएर पनि काम गर्ने व्यवस्था मिलाएका छौँ ।  

दसैँमा घर फर्किने यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने अवस्था बन्ला त ?
हामी त्यसैका लागि हरसम्भव प्रयास गरिरहेका छौँ । यात्राका क्रममा कुनै समस्या आइपरेमा सम्पर्क गर्नका लागि हामीले विभागका अर्जुन अर्याललाई सम्पर्क व्यक्ति तोकेका छौँ । हामी आफ्ना तर्फबाट यात्रुले ढुक्क भई यात्रा गर्ने वातावरण बनाउन लागिपरेका छौँ ।