१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार १o:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पारस बने दिपल इभीको ब्रान्ड एम्बासडर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १o:४७:oo

नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का दिपल इभीको आधिकारिक ब्रान्ड एम्बासडर बनेका छन् । चांगान नेपालले मंगलबार एक कार्यक्रमबिच नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दिपल इभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । क्रिकेटर खड्काले दिपल इभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए । ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उन भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’ 

खड्कालाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पफर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुसी लागेको बताए । केही महिनाअघि सार्वजनिक भएको दिपल एस०७ उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पफर्मेन्सका कारण लोकप्रिय छ । चांगान नेपालले नेपालमा पाँच सयभन्दा बढी एस०७ डेलिभरी गरिसकेको जनाएको छ ।

यो फ्युचरिस्टिक इभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिङ मोडलगायत १५ भन्दा बढी नयाँ फिचरले सुसज्जित रहेका छन् । दिपलले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल भएको कम्पनीको भनाइ छ ।