१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Wednesday, 25 September, 2024
अस्पतालको अनुगमन गर्दै काठमाडौं महानगरपालिकाको टोली । 
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ८ मंगलबार o९:५४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरले गंगालाल अस्पतालको फोहोर नउठाउने

हानिकारक र सामान्य फोहोर एकैठाउँमा भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार o९:५४:oo

काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहोर संकलनमा रोक लगाएको छ । वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली अस्पतालको फोहोर संकलन केन्द्रमा पुग्दा हानिकारक फोहोर र सामान्य फोहोर एकैठाउँमा राखेको भेटेपछि फोहोर निर्मलीकरण नहुन्जेलसम्म संकलनमा रोक लगाएको हो । 

वातावरण व्यवस्थापन महाशाखा प्रमुख कविता राईका अनुसार अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै टहरा बनाए पनि फोहोर संकलन र व्यवस्थापन अभ्यास भने अनुपयुक्त पाइयो । टोलीको नेतृत्व गरेकी वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले भनिन्, ‘हानिकारक फोहोर र सामान्य फोहोरको छुट्टाछुट्टै पोका थिए । कुहिने फोहोर कालो प्लास्टिकमा र हानिकारक फोहोर पहेँलो प्लास्टिकमा पोको पारेर एकै ठाउँमा राखिएको थियोे ।’

फोहोर निर्मलीकरणका लागि तीनवटा अटोक्लेभ मेसिनमध्ये दुईवटा बिग्रिएका थिए । चलेको एउटाले पनि राम्ररी काम गरेको थिएन । वातावरण निरीक्षक सृष्टि श्रेष्ठले भनिन्, ‘वातावरणमैत्री त थिएन नै, काम गर्ने व्यक्तिहरू सुरक्षित हुने अवस्था पनि देखिएन । फोहोर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पन्जा थिएन । भुइँमा पानी बगिरहेको थियो ।’