१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ८ मंगलबार २o:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार २o:५९:oo

बाराको निजगढ नगरपालिकास्थित तामागढी–रतनपुर सडकको तपस्वीस्थलनजिकको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार बिहान एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

रतनपुरबाट निजगढतर्फ आउँदै गरेको प्र २–०३ –००६ प २७८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहान ११ः ३० बजे सडक किनाराको रुखमा ठोक्किँदा मोटरसाइकलचालक निजगढ नगरपालिका-१३ बस्ने अन्दाजी वर्ष २५ का सुरेन्द्र घलानको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ४२ का रामबहादुर बम्जन घाइते भएका हुन्। उनको दाहिने खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। 

बम्जनको सामुदायिक अस्पताल निजगढ, प्रसूति गृहमा उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएको प्रहरीले जानकारी दिएको छ।