१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ असोज ९ बुधबार o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार लाख रुपैयाँमा चिनियाँलाई घरमै नागरिकता

तिब्बतियनदेखि धादिङ जिल्ला प्रशासनका कर्मचारीसम्म रकम बाँडफाँट 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o६:१३:oo

एक चिनियाँ युवक जिल्ला प्रशासन कार्यालयमा समेत उपस्थित नभई नेपाली नागरिकता लिन सफल भएका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारेर नागरिकता लिएको प्रहरी अनुसन्धानमा खुलेको हो । 

चीनको तिब्बत घर भएका सोनाम तामाङले जिल्ला प्रशासन धादिङबाट गत असारमा नागरिकता लिएका थिए । नागरिकता प्राप्त गर्ने सोनामले जिल्ला प्रशासनमा उपस्थित नै नभई त्यहाँका कर्मचारीलाई ५० हजार घुस दिएर नागरिकता लिएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोनामसहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

प्रहरीले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी चिनियाँ नागरिक रहेकोमा नेपाली नागरिकता भेटिएपछि प्रहरीले छानबिन गर्दा २६–०१–८१–०३२१७ नम्बरको सो नागरिकता सक्कली भएको खुल्यो । सो नागरिकता दिलाउन सहयोग गर्ने मदनबहादुर तामाङ, रामेश्वर रिमाल, छिरिङ ढुन्डुप र छिरिङ वाङ्दिन शेर्पालाई पक्राउ गरिएको एसपी काजी आचार्यले बताए । 

सो नागरिकता लिन आफूले चार लाख रुपैयाँ खर्च गरेको सोनामले प्रहरीको सोधपुछमा बताएका छन् । उनले सो पैसा तिब्बतका छिरिङ ढुन्डुपलाई दिएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर बाँकी तीन लाख ५० हजार सिन्धुपाल्चोक घर भएका छिरिङ वाङ्दिन शेर्पालाई दिई काम लगाएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर धादिङ खनियाँवासका रामेश्वर रिमाललाई तीन लाख दिई कामको थप जिम्मा लगाएका थिए । रिमालले एक लाख आफूले राखेर दुई लाख खनियाँवासकै मदन तामाङलाई दिएकोमा उनले नै जिल्ला प्रशासनमा सेटिङ मिलाएर नागरिकता निकालिदिएका थिए । सोनाम तामाङको नाममा नागरिकता निकाल्न मदनले जिल्ला प्रशासनका नायब सुब्बा कृष्णप्रसाद थपलियालाई ५० हजार दिएका थिए । आफूले ५० हजार लिएर नागरिकता बनाइदिएको थपलियाले स्विकारेका छन् ।

गत ६ असारमा जारी भएको नागरिकतामा अधिकृत छत्र अधिकारीको हस्ताक्षर छ । नेत्रावती डबजोङ गाउँपालिका– १ ठेगाना राखेर हर्कमान तामाङलाई बुबाका रूपमा खडा गरी नागरिकता दिइएको खुलेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयका कर्मचारीमाथि पनि छानबिन अघि बढाएको छ । नागरिकता बनाउँदा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्नेमा सोनाम धादिङ नै गएका थिएनन् । उनी राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाउने प्रक्रियामा थिए । धादिङ प्रहरीले पक्राउ परेकामाथि मुद्दा प्रक्रिया अघि बढाएको छ । 

सेटिङको मुख्य भूमिकामा नायब सुब्बा थपलिया देखिएका छन् । उनी लामो समयदेखि धादिङ प्रशासनमा कार्यरत छन् । उनले विगतमा पनि धेरै चिनियाँलाई यसरी नै नागरिकता ‘बेच्दै’ आएको सूचना प्राप्त भएको प्रहरीको दाबी छ । यो घटनामा धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भूमिकासमेत शंकास्पद देखिएको छ ।

तिब्बतका युवकले यसरी पाए नेपाली नागरिकता
चीनको तिब्बत घर भएका सोनाम तामाङले नेपाली नागरिकता लिन आफूले चार लाख रुपैयाँ खर्च गरेको प्रहरी सोधपुछमा बताएका छन् । उनले सो पैसा तिब्बतका छिरिङ ढुन्डुपलाई दिएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर बाँकी तीन लाख ५० हजार सिन्धुपाल्चोक घर भएका छिरिङ वाङ्दिन शेर्पालाई दिई काम लगाएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर धादिङ खनियाँवासका रामेश्वर रिमाललाई तीन लाख दिई कामको थप जिम्मा लगाएका थिए । रिमालले एक लाख आफूले राखेर दुई लाख खनियाँवासकै मदन तामाङलाई दिएकोमा उनले नै जिल्ला प्रशासनमा सेटिङ मिलाएर नागरिकता निकालिदिएका थिए । सोनाम तामाङको नाममा नागरिकता निकाल्न मदनले जिल्ला प्रशासनका नायब सुब्बा कृष्णप्रसाद थपलियालाई ५० हजार दिएका थिए । आफूले ५० हजार लिएर नागरिकता बनाइदिएको थपलियाले स्विकारेका छन् । गत ६ असारमा २६–०१–८१–०३२१७ नम्बरको नागरिकता जारी भएको थियो ।