१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नेपाल प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राई
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार o८:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसपी र डिएसपीकाे सरूवामा निमित्त आईजिपी नै बेखबर !

प्रहरीमा ‘चेन अफ कमान्ड’को अनुशासनमाथि प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o८:o४:oo

प्रहरी प्रधान कार्यालयले ४१ प्रहरी उपरीक्षक र १४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्ला र कार्यालयका कार्यालय प्रमुख फेरिएका छन् । १२ जिल्लाका एसपी फेरिएका छन् । 

यसरी ठूलो संख्यामा निकालिएको एसपी र डिएसपीको सरुवाबारे नेपाल प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राई नै बेखबर रहेको पाइएको छ । उनलाई जानकारी नै नदिई मानव स्रोत विकास विभागले सरुवाको सूची निकालेपछि प्रहरीमा ‘चेन अफ कमान्ड’को अनुशासनमाथि प्रश्न उठेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर सोमबार ग्रिस भ्रमणमा गएकाले एआइजी राईलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको थियो ।

तर, सरुवाको विषयमा मानव स्रोत विकास विभागका एआइजी भीमप्रसाद ढकालले कुनै छलफल नगरेपछि राईले असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकको निर्देशनमा यसरी निमित्त आइजिपीलाई बाइपास गरी सरुवा निकालिएको हो । मंगलबारको सरुवा सोमबारको मिति राखेर निकालिएको छ । चलखेलकै कारण प्रहरीको सरुवा एक महिना लम्बिएको थियो ।

२८ जिल्लाका प्रहरी प्रमुख फेरिए 

सुनसरीमा सुमनकुमार तिमिल्सना, कास्कीमा श्यामबाबु ओलिया, धनकुटामा श्यामसिंह चौधरी, सिराहामा रमेश पण्डित, पूर्वी नवलपरासीमा यादव ढकाल, भक्तपुरमा माधवप्रसाद बुढाथोकी, मकवानपुरमा विश्वराज खड्का, डोटीमा विनोद शर्मा, कपिलवस्तुमा निरञ्जनदत्त भट्ट, सप्तरीमा ढकेन्द्र खतिवडा, बर्दियामा केदार खनाल तथा दाङमा अर्जुन तिमल्सिनाको सरुवा भएको छ । यसअघि काजमा सिन्धुलीमा कार्यरत गोविन्दराज काफ्ले, इलामका प्रभु ढकाल, तनहुँका वीरेन्द्रबहादुर शाही, उदयपुरका एसपी हरिहरनाथ योगीको त्यही जिल्लामा दरबन्दी रहने गरी सरुवा भएको छ । 

डिएसपी प्रमुख हुने १६ जिल्लाको प्रहरी नेतृत्व हेरफेर भएको छ । डडेल्धुरामा डिएसपी सुगन्ध श्रेष्ठ, मुगुमा सरोज गिरी, मुस्ताङमा सूर्यबहादुर बोगटी, पर्वतमा रविन विष्ट, भोजपुरमा युवराज तिमल्सिना, बैतडीमा मकेन्द्रकुमार मिश्र, खोटाङमा प्रतीक विष्ट, दार्चुलामा प्रकाश दाहाल, लमजुङमा निशान्त श्रीवास्तवलाई पठाइएको छ ।

प्युठानमा दीपेश बस्याल, संखुवासभामा दक्षकुमार बस्नेत, कालिकोटमा टेकबहादुर राउत, तेह्रथुममा चिनिमाया तामाङ, अर्घाखाँचीमा चक्रबहादुर मल्ल, पाँचथरमा कौशलकुमार बुढाथोकी, सल्यानमा केशरकुमार न्यौपानेको सरुवा भएको छ । काठमाडौं उपत्यकाका आठ वृत्तका प्रमुख पनि फेरिएका छन् ।

दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठ, बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भूमा उद्धवसिंह भाट, मालीगाउँमा सुनीलजंग शाह, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा वीरेन्द्र गोदार, जगातीमा रमेश पाललाई पठाइएको छ ।