१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार o६:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o६:४५:oo

कुमारी बैंकले गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीलाई प्रशिक्षण दिएको छ ।

बैंकले युसएड साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको जनाएको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

वित्तीय ज्ञान र सीप विकासबाट व्यावहारिक उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने भन्दै बैंकले यस अभियानमा सर्वसाधारणले सहजै बुझ्ने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप तथा सन्देशमूलक भिडियो प्रकाशन तथा प्रसारणसमेत गरिरहेको जनाएको छ ।