१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरका पहाडी क्षेत्रमा बाँदरआतंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार ११:५३:oo

नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाको १ र २ नम्बर वडाका अधिकांश गाउँमा बांदरले आतंक मच्चाएपछि अहिले पूरै गाउँ सुनसानजस्तै छ । जंगलछेउका गाउँमा बाँदरआतंककै कारण खेतीपाती गर्न नपाएपछि गाउँका मानिस अन्त बसाइँ सरेका छन् भने जंगलछेउका गाउँ खाली भएपछि बाँदरहरू जंगलदेखि भित्रका गाउँमा पनि पस्न थालेका छन् ।

बौदीकाली– २ डेढगाउँका स्थानीय बासिन्दा मनोज कोइरालाका अनुसार अहिले पहाडी क्षेत्रका माथिल्लो बस्तीहरू रित्तिँदै  गएपछि बाँदरहरू तल्लो बस्तीमा पनि पस्न थालेका छन् । गाउँमा एकजना घर छाड्नै नहुने गरी घर र बारी पालैपालो कुर्न बाध्य हुनुपरेको मनोज कोइरालाले बताए ।

गाउँमा अलिअलि भएका बासिन्दा बाँदरले खेती गर्न नदिएपछि गाउँ छाड्दा त्यसको असर जंगलभन्दा परपरको गाउँमा पनि पर्न थालेको छ । त्यसो त पहिला गाउँघरमा रहेका भरुवा बन्दुक, एकनाले बन्दुक पड्काउन पाउँदा बाँदर भगाउन सजिलो भए पनि अहिले प्रहरी प्रशासनले त्यो पनि रोकेकाले  बाँदर थपाउनै नसकिएको बौदीकाली– १ का टकबहादुर कार्की क्षेत्रीले  बताए ।

बाँदर धपाउनकै लागि दौडधुप बढेपछि कतिपयले खेती गर्न छाडेका छन् भने कतिपयले बाँदरले नखाने खेती गर्न बाध्य भएका छन् ।

गाउँमा बाँदरआतंक बढ्नुको मुख्य कारण बसाइँसराइ भए पनि बाँदरआतंककै कारण पनि बसाइँसराइ बढेको छ । बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले गाउँमा बाँदरआतंक बढेपछि यसलाई कसरी नियन्त्रण गर्ने भनेर कार्यदल नै गठन गरेको बताए ।गाउँपालिका अध्यक्ष ओझाले गाउँमा बाँदरआतंक बढेसँगै चितुवा पनि आउन थालेर गाउँले थप त्रसित हुनुपरेको बताए ।