१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १४:o१:oo

दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका– ११ खुङकोटका निमकली साहुको ढुंगामाटोले बनेको घरमा मंगलबार चट्याङ लागेको थियो।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समीर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उनकी ६ वर्षीया छोरी सविना साहु घाइते भएकाेमा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।