१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १५:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ४९ अंकले बढ्यो, कारोबार रकममा संकुचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १५:२५:oo

लगातारजसो घटिरहेको नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ। नेप्से ४९.१८ अंकले बढेर दुई हजार पाँच सय १९.५७ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७८ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका ३२७ कम्पनीको एक करोड २४ लाख ९८ हजार कित्ता सेयर चार अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। कारोबार रकममा निरन्तर गिरावट आइरहेको छ। अघिल्ला दिनहरूमा साढे पाँच अर्बबराबरको सेयर कारोबार भएको थियो।

यस दिन २२३ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मात्रै मूल्य घटेको छ। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। हिमालयन हाइड्रोपावर र स्वरोजगार लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशतभन्दा धेरैले गुमाएका छन्।

नेप्सेका १३ उपसमूहमध्ये आज म्युचल फन्डबाहेक सबै उपसमूहको सूचक बढेको छ। म्युचल फन्डमा ०.०१ प्रतिशतको गिरावट हुँदा वित्त, होटेल तथा पर्यटन उपसमूह तीन प्रतिशतभन्दा धेरैले बढेका छन्। विकास बैंक र जलविद्युत् दुई प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी उपसमूहमा एक प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।