१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
रासस काठमाडौं
२o८१ असोज ९ बुधबार १८:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एयरलाइन्सले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १८:o५:oo

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ।

निगमले बडादसैँ, तिहार तथा छठपर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगन्ज कार्यालयबाट टिकट वितरण गर्ने गरी व्यवस्था मिलाइनेछ। उक्त व्यवस्थापनका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिएका छन्।

‘आगामी बडादसैँ, तिहार तथा छठपर्वजस्ता चाडपर्वको समयमा र सोपश्चातसमेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानबाट यात्रा गर्न सहज रूपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगन्जस्थित कार्यालयहरूबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै, यात्रुहरूले आफ्नो मोबाइलबाट वा निगमको वेबसाइटबाट अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाटसमेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढंगले टिकेटिङको सेवा लिने निगमको विश्वास छ।