१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
रासस ढाका
२o८१ असोज ९ बुधबार १८:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध

Read Time : < 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १८:५७:oo

बंगलादेशका सबै सुपरमार्केटमा प्लास्टिक (पोलिथिन र पोलिप्रोपाइलिन) झोला राख्न प्रतिबन्ध लगाइएको छ।  यो निर्णय अक्टोबर १ देखि लागू हुनेछ।

नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लास्टिकका झोलामाथि प्रतिबन्ध लगाउने सरकारी अधिकारीले मंगलबार घोषणा गरेका छन्। बंगलादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलिनका उत्पादकविरुद्ध कडा कारबाही गरिने बताइन्।

सन् २००२ देखि लागू भएको प्लास्टिक झोलामाथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने उनको भनाइ छ। सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उनले बताइन्।

सञ्चारमाध्यमले राष्ट्रव्यापी अभियानमार्फत जनचेतना जगाउने कदमसहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीहरूले बताएका छन्।