१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताका कुरा सुनेर मात्र काम गर्छु : मन्त्री काफ्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार २o:o६:oo

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह उत्पादन क्षमता बढाउने र स्थानीय तह उत्पादनसँग जोडिने गरी काम गर्नुपर्ने बताएका छन्। 

आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी रामेछापमा भएको स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन सक्ने बताए। 

उनले उत्पादनको क्षेत्रमा काम नभएसम्म रोजगारी सिर्जना हुने भन्दै आफू २४ घण्टै जनताको सम्पर्कमा रहने धारणा राखे। उनले भने, 'बिपीले भनेझैँ काम गर्न अलमल हुँदा जनताका समस्या समाधान हुन सकेका छैनन्।' 
सबै तहमा फिल्ड स्टडी नगरी काम गर्ने प्रवृत्तिका कारण समाजमा दुरगामी असर परिरहेको उनको भनाइ थियो।