१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १९:५९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशको खेलविज्ञमा श्रेष्ठ मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १९:५९:oo

बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलविज्ञका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई मनोनीत गरेको छ। बुधबार प्रदेशको खेलकुद मन्त्रालयमा श्रेष्ठलाई प्रदेशको खेलविज्ञका रूपमा मनोनीत गरिएको पत्र हस्तान्तरण गरिएको हो।

उनलाई बागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मनोनीत गरेको पत्र हस्तान्तरण गरेका हुन्। श्रेष्ठलाई पत्र हस्तान्तरण गर्दै मन्त्री महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि आवश्यक सल्लाह सुझाव आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ जिम्मेवारी दिएको बताए।

२०४९ सालदेखि खेलकुद क्षेत्रमा क्रियाशील श्रेष्ठको अनुभवले बागमती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने मन्त्री महर्जनले विश्वास व्यक्त गरे।

‘दक्षिण एसियाली खेलकुद (साग) मा लगातार दुईपटक स्वर्ण जितेका श्रेष्ठसँग खेल खेलाडीका, प्रशिक्षक र राखेपमा समेत काम गरेको अनुभव छ। ती सबै अनुभवलाई प्रदेशको खेल क्षेत्रको विकासमा लगाउने उद्देश्यले जिम्मेवारी दिइएको हो,’ मन्त्री महर्जनले भने।

सक्रिय खेलाडीबाट अवकाश लिएका श्रेष्ठले राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी बहन गरी राष्ट्रको लागि पदक जित्ने सफल खेलाडी उत्पादनमा योगदान पुर्‍याउँदै आएका छन्। उनी हाल राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारी समितिको उपनिर्देशक तथा नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीमा समेत छन्।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ निवासी श्रेष्ठले विज्ञमा मनोनीत भएको पत्र बुझ्दै आफ्नो योग्यता र क्षमताले भ्याएसम्म प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास र खेलकुदको स्तर उकास्न इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।