१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ असोज ९ बुधबार १९:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १९:४९:oo

निर्णायक खेलमा आयोजक भुटानलाई २–१ ले हराउँदै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालको कमब्याक जितमा कृष्णबहादुर आले र सुजल डंगोलले गोल गरेका थिए। 

समूह ‘बी’ मा नेपालले तीन खेलबाट ६ अंक बटुल्यो। तीन खेलबाट चार अंक बटुलेको भुटान भने बाहिरिएको छ। समूहबाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्‍यो। नेपाल उपविजेता बनेको छ। अब, फाइनल प्रवेश गर्न नेपाल समूह ‘ए’ को विजेता भारतको सामना गर्दा पाकिस्तानले बंगलादेशसँग खेल्नेछ। 

यसअघि नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो। श्रीलंकाविरुद्ध सुजनलले ह्याट्रिक गरेका थिए। 

सेमिफाइनल २८ सेप्टेम्बरमा हुँदा फाइनल ३० सेप्टेम्बरमा हुनेछ।