१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १७:५२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बुटवलमा सरसफाइ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १७:५२:oo

बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको छ। चाडपर्वलाई लक्षित गरेर बसपार्क, मुख्य सडकहरू र सार्वजनिकस्थलमा सरसफाइ अभियान सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ।

अभियानअन्तर्गत यही असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, कात्तिक ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ गरिनेछ।

यस्तै, कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्री सडक, वडा क्षेत्र र सार्वजनिक स्थलहरूमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए।

अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताए। उनले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए। उनले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको जानकारी दिए।

बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाइ तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको नगरप्रमुख पाण्डेयले बताए। अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूलाई साथमा लिएर अगाडि बढेको उनको भनाइ छ।

अभियानमा सरिक हुन जनप्रतिनिधिसँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्था, राजनीतिक दल, स्वयंसेवी संस्थाहरूलाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। उनले नगर सफा रहे मात्रै नागरिक स्वस्थ रहने भएकाले घरघरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने बताइन्।