१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बजार सुनिश्चित भएकाले नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई अध्यक्ष कार्कीकाे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १६:o६:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन्। क्यानेडिएन ड्याम एसोसिएसनले आयोजना गरेको ड्याम सुरक्षासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्।

नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म तीन हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको, चार हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको, विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि चार हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पिपिएको पर्खाइमा रहेको र अरू थप १० हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेको उनले जानकारी दिए।

‘सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको रोडम्याप अघि सारेको छ। नेपालको जलविद्युत् उत्पादन क्षमता कम्तीमा ७२ हजार मेगावाट छ। यसका लागि नेपालमा ठुलो लगानीको खाँचो रहेकोले क्यानेडिएन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गर्दछु,’ अध्यक्ष कार्कीले भने।

नेपालमा विद्युत् उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि पाँच हजार मेगावाट निर्यातका लागि पहल भइरहेको उल्लेख गरे।

अहिले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातका लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए। ४० मेगावाट विद्युत् थोरै लागे पनि बंगलादेशको विद्युत् माग पूरा गर्न सन् २०४० सम्म बंगलादेशले नेपालबाट नाै हजार मेगावाट विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए।

दुई ठुला उदीयमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग धेरै रहेको र नेपालमा ठुलो परिमाणमा उत्पादनको सम्भावना भएकाले नेपालको जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिने भएकाले नेपालमा लगानी गर्न क्यानेडिएन लगानीकर्तालाई कार्कीले आग्रह गरे।