१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
दीपक भट्ट रामेछाप
२o८१ असोज ९ बुधबार १४:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिड लाइट चोरी गर्ने वृद्ध पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १४:३o:oo

मन्थली नगरपालिका– १ आकासेपुल र वडा नम्बर २ कठजोर खोलामा रहेको मोटरेबल पुलमा सजावटका लागि राखिएको डिजिटल लिड लाइट चोरी गर्ने एक वृद्ध बुधबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मन्थली नगरपालिका– १ कटहरबोट बस्ने वर्ष ६८ का जयबहादुर योञ्जन रहेका छन्। उनलाई  प्रहरीले उनकै घरबाट चोरी गरेको सामानसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। संविधान दिवस मूल समारोह समितिले संविधान दिवस २०८१ को अवसरमा सजावटका लागि सदरमुकाम मन्थलीनजिकैका कोशी तथा खोलामा रहेका मोटरेबल पुलमा डिजिटल लिड लाइट राखेका थिए। 

संविधान दिवस सकिए पनि स्थानीयहरूले दसैँ नजिक आइसकेकाले उक्त लाइट दसैँपछि मात्र निकाल्न मूल समारोह समितिसँग अनुरोध गरेका थिए। स्थानीयको अनुरोधका कारण ती लाइट त्यहीँ छाडिएकोमा उक्त लाइट चोरी भएको थियो ।