१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
रासस जुम्ला
२o८१ असोज ९ बुधबार १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा पर्याप्त नुन मौज्दात छ : साल्ट ट्रेडिङ

Read Time : < 1 मिनेट
रासस, जुम्ला
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १६:१६:oo

साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको छ। दसैँ–तिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नुनको अभाव नहुने कार्यालका प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए।

जिल्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन मौज्दात रहेको उनले बताए। यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नुन वितरण गरिएको छ।

प्रमुख थापाले भने, ‘सिँजाको नराकोट डिपोबाट हिमा र सिँजा गाउँपालिका तथा गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नुन वितरण गरिएको छ। यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नुनको कोटा रहेको छ। जिल्लामा नुनको अभाव हुनेछैन।’

वडाबाटै नुन वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ। कार्यालयले सिँजाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलंगा बजारको कार्यालयबाट नुन वितरण गर्दै आएको छ।