१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
रासस काठमाडौं
२o८१ असोज ९ बुधबार १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १६:२५:oo

गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन्। अध्यागमन कार्यालयबारे नकारात्मक टीका–टिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयबारे नागरिकको राम्रो बुझाइ नभएको बताए। यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुनेसमेत उनले स्पष्ट पारे।

विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न मन्त्री  लेखकले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन दिए।

‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो। बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो,’ उनले भने। अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उनको भनाइ थियो।

सो अवसरमा कर्मचारीहरूले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए।