१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वृद्ध बाबुको हत्या आरोपमा पक्राउ परेका छोराविरुद्ध पाँच दिनको म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १५:१३:oo

घरायसी विवादमा कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले सिराहाको सीमावर्ती औरही गाउँपालिका– ३ खजनपुर गाउँबाट छोरालाई पक्राउ गरेको छ। 

घरायसी विवादमा वृद्ध बाबु ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार शैलेन्द्रकी श्रीमती ३५ वर्षीया रेणुकुमारी र सासूबिचको झगडा छुट्याउन गएका वृद्ध यादवलाई श्रीमान्–श्रीमती मिलेर निर्घात कुटपिट गरेका थिए। 

कुटपिटबाट गम्भीर घाइते भएका वृद्धलाई सोमबार साँझ तत्काल प्रहरीको सहयोगमा उद्धार गरी जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी औरहीको टोलीले घाइते वृद्धको उद्धार गरी उपचारमा पठाएपछि कुटपिटमा संलग्न छोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आफ्नै बाबुको हत्या आरोपमा पक्राउ गरिएका छोराविरुद्ध कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट मंगलबारदेखि लागू हुने गरी पाँच दिनको म्याद लिइएको छ। घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।