१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १३:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंक र सिजी डिजिटल प्रालिबिच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १३:३५:oo

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्युआर  स्क्यान)मार्फत सिजी डिजिटल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (इएमआई)मा परिणत गर्दा रु. एक  हजार बराबरको क्यासब्याकको व्यवस्था गरेको जनाएको छ । क्यासब्याक न्यूनतम रु. ३० हजारको कारोबारमा प्रदान हुनेछ।

यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।