१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपांगतामैत्री संरचना बनाउन केयू सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १३:४९:oo

काठमाडौं विश्वविद्यालयले अब बन्ने सम्पूर्ण भौतिक संरचना अपांगता भएका व्यक्तिका निम्ति पहुँचयुक्त हुने गरी  बनाउने भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल काठमाडौं विश्वविद्यालय ब्युरोको मागअनुरूप अपांगतामैत्री संरचना बनाउन केयू सहमत भएको हो।

पटकपटकको चरणबद्ध वार्तापश्चात् विश्वविद्यालय आफूहरूको माग पूरा गर्न सहमत भएको संगठनले विज्ञप्तिमार्फत जनाएको छ। सम्झौताअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ ल परिसरमा बन्दै गरेका दुईवटा निर्माणाधीन भवन निर्माण सम्पन्न भइसक्दा सो भवनका सम्पूर्ण तला, कक्षाकोठा एवं कार्यकक्ष आवश्यक र्‍याम्प, लिफ्ट, ट्याकटायल र ब्रेल मार्किङसहित  पहुँचयुक्त हुनेछन्।

सम्झौतामा यसअघि नै निर्माण भइसकेका भवनमा अपांगता भएकाहरूका लागि पूर्ण पहुँच सुनिश्चित गर्न सम्भव भएसम्मका सम्पूर्ण उपायहरू अवलम्बन गर्ने र सोअन्तर्गत पुस्तकालय, चमेनागृह, मेस र क्याफ्टेरियालाई आगामी आर्थिक वर्षभित्र पहुँचयुक्त बनाइसक्नुपर्ने उल्लेख छ।