१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार o९:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

औद्योगिक प्रयोजनलाई खुलाइयो सुपारी, केराउ र मरिचको आयात

उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o९:o२:oo

सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी, केराउ र मरिचको आयात खुलाएको छ । सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउन र मरिचको आयात खुला गरेको हो ।

सरकारले निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को व्यवस्थाअनुसार यी वस्तुको आयातमा बन्देज लगाउँदै आएको छ । तर, औद्योगिक प्रयोजनका लागि भने हरेक आर्थिक वर्ष यी वस्तुको आयात खुला गरिने गरिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै चालू आवका लागि समेत आयात खुला गरेको हो ।

‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’को प्रक्रिया पूरा गरी आव ०८१/८२ मा औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ (एचएस कोड ०७१३.१०.००), सुपारी (एचएस कोड ०८०२.८०.००) र मरिच (सेतो मरिच एचएस कोड ०९०४.११.२० र कालो मरिच एचएस कोड ०९०४.११.३०) को पैठारी गर्न अनुमति दिने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।