१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार o७:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वडा १६ र १२ बिच उपाधि भिडन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o७:४९:oo

दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नम्बर १६ र वडा नम्बर १२ बिच हुने भएको छ । लैनचौर फुटसल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा वडा १६ ले वडा नम्बर ६ लाई २–१ ले हरायो । नामोडुल सान्बो लामाले वडा ६ लाई १–० को अग्रता दिलाएका थिए । तर, रविन निरौलाले दुई गोल गरेपछि वडा १६ लाई फाइनलमा पुग्यो । 

खेलमा रविन म्यान अफ दि म्याच बनेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा वडा नम्बर १२ ले वडा नम्बर २ लाई २–० ले पराजित गरेको छ । वडा नम्बर १२ का लागि दुवै गोल मनोज महर्जनले गरेका हुन् । यस खेलमा उनी नै उत्कृष्ट खेलाडी भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २३ को आयोजनामा १ असोजदेखि भएको प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । 

उपविजेताले एक लाख रुपैयाँ पाउनेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ । फाइनल बुधबार हुनेछ ।