१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार o६:o८:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालकको स्वाभिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o६:o८:oo

यो घटना भारत स्वतन्त्रताभन्दा केही वर्षअगाडिको हो । उडिसाको ढेन्कानाल जिल्लामा अनगुल नामको एउटा सानो गाउँ थियो । त्यस वेला देशभरि अंग्रेजविरोधी आन्दोलनको लहर चलिरहेको थियो । त्यसै लहरमा ढेन्कानालका जनता त्यहाँका राजाविरुद्ध एकजुट हुन थाले । त्यहाँ प्रजापरिषद् गठनको माग हुन थाल्यो । त्यहाँका राजा अंग्रेजका कठपुतली थिए । जनताको आन्दोलनदेखि दिक्क भएर उनले अंग्रेजसँग सहायता मागे । तर, अंग्रेजले सहायता दिनुको साटो राजासित एउटा सर्त राखे । आन्दोलन दबाइसकेपछि अंग्रेजलाई नै त्यो राज्य सञ्चालनको जिम्मा सुम्पनुपर्नेछ । केही नलागेर राजाले उनीहरूको सर्त स्वीकार गरे । 

ती राजाको सहायताका लागि एक दिन अंग्रेज फौज अनगुल जानका लागि नदीपारि आए । नदीकिनारमा डुंगा चलाइरहेको एक १२ वर्षीय केटासँग फौजको एउटा टुकडीका कप्तानले कड्केर भने, ‘ए केटा, डुंगा ठिक पार हामी पारि जानु छ ।’     कप्तानले सोचेका थिए । अरू केटाहरू जसरी नै ऊ पनि लगलग कामेर उनको आदेश तत्काल पूरा गर्नेछ । तर, त्यो केटाले उनको आज्ञा अटेर गरेर चुपचाप बस्यो । 

केटाको यस्तो चालामाला देखेर कप्तान छक्क परे र रिसाउँदै भने, ‘जा डुंगा ठिक पार । मैले भनेको तैँले सुनिनस् ?’ ‘नाइँ, म तिमीहरूलाई पारि लान सक्दिनँ,’ केटाले पनि त्यसैगरी कड्केर जवाफ दियो । ‘कुरा बढी नै भइसक्यो ढुंगामा चढ,’ गोरा कप्तानले आफ्ना सैनिकलाई आदेश दियो । ‘खबरदार, कोही पनि यो डुंगामा चढ्ने होइन,’ केटो बहना लिएर डुंगाको बिचमा उभिइरह्यो । 

उसको यस हठलाई बच्चाको चञ्चलता सम्झेर एक अंग्रेज सिपाही अगाडि बढ्यो । तब बहनाको चौडा भागले केटाले उसको टाउकोमा जोडदार रूपमा प्रहार गर्‍यो र उसको टाउको रगतले लतपत भयो । यो दृश्य देखेर अंग्रेज कप्तान हिंस्रक भयो र उसले पिस्तोल झिकेर त्यो बालकमाथि गोली प्रहार गर्‍यो । यसरी अनगुलको त्यो साहसी किशोर बाजीराव आफ्नो गाउँको स्वतन्त्रता कायम राख्ने प्रयासमा सहिद भयो ।