१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार o७:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिस चितवन गोल्डकपको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o७:२९:oo

नेपाल पुलिस क्लबले मंगलबार आयोजक भरतपुर फुटबल क्लब बिएफसीलाई टाइब्रेकरमा ५–३ ले हराउँदै चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा पुलिस र चितवनले २–२ को बराबरी खेलेका थिए । 

पुलिसका लागि दुवै गोल सुजन मगरले गरे । आयोजकका सञ्जीव विष्ट र सृजन गौतमले एक–एक गोल फर्काए । अब सेमिफाइनलमा पुलिस र एपिएफबिच खेल हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार एफसी सिराहा र बुटवल लुम्बिनी एफसीबिच हुनेछ । १२ असोजसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।