१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १२:२३:oo

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक सञ्चालनमा आएको छ।

सडक स्तरोन्नति गर्न भन्दै ८ असोजदेखि १९ असोजसम्म १२ दिन बन्द रहने भनिएको उक्त सडकखण्ड हाललाई विनाअवरोध पुनः सञ्चालन गरिएको हो। हाललाई सडक स्तरीकरण एवं निर्माण कार्य स्थगित भएकाले उक्त सडक खण्ड सञ्चालन गर्ने निर्णय भएको काठमाडौंको दक्षिणकाली नगरपालिकाले जनाएको नेपाल प्रहरीले उल्लेख गरेको छ।

यसअघि नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै उक्त सडकखण्डमा कालोपत्रे गर्नुपर्ने भएकाले सवारीसाधनलाई गुड्न रोक लगाइएको जनाएको थियो।