१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १२:४९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

खोला मिचेर बनाएको भन्दै लायन्स भवन भत्काउँदै भरतपुर महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १२:४९:oo

भरतपुर महानगरपालिकाले नारायणगढको लायन्सचोकमा रहेको लायन्स क्लबको भवन भत्काएको छ। खोला मिचेर भवन बनाएको भन्दै पुंगी खोला सौन्दर्यकरण गर्ने क्रममा महानगरले लायन्स क्लबको भवनमा डोजर चलाएको हो।

महानगरले मापदण्डविपरीत तीन धुर जग्गामा पाँच तलाको भवन बनाएको र पुंगी खोलासमेत मिचेकाले भवन भत्काउन बाध्य भएको जनाएको छ। भवन भत्काउन महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायत जनप्रतिनिधि लायन्सचोक पुगेका थिए।

यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो। मेयर दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने बताएकी छिन्। पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ।

सो क्षेत्रमा पूर्वाधार निर्माणका लागि तत्काल साइट क्लियर गर्न आग्रह गरिएकाले पुंगी खोला मिचेर बनाइएका मापदण्डविपरीतका घरटहरा भत्काउन थालिएको महानगरपालिकाले बताएको छ।