१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १o:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जितका साथ क्यानडा भ्रमण टुंग्याउने नेपालको सपनामा वर्षा बाधक

टससमेत हुन नसकेको खेलमा नेपाल र ओमानले एक–एक अंक बाँडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १o:५o:oo

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा लगातार व्यहोरिरहेको पराजयको क्रम तोड्ने लक्ष्यसहित ओमानको सामना गर्ने तयारीमा रहेको नेपाललाई वर्षा बाधक बनेको छ। लगातारको वर्षाले टससमेत नभई खेल रद्द भयो। खेल रद्द भएपछि नेपाल र ओमानले एक–एक अंक बाँडे।

लिग– २ को महत्त्वपूर्ण शृंखलाका लागि क्यानडा भ्रमणमा रहेको नेपालका लागि यो अन्तिम खेल थियो। क्यानडा भ्रमणका चारमध्ये तीन खेलमा नेपाल पराजित भएको थियो। यसक्रममा नेपालले क्यानडासँगका दुवै तथा ओमानसँगको एक खेलमा हारको सामना गर्‍याे।

आठ राष्ट्र सम्मिलित लिग– २ का आठ खेल खेलिसकेको नेपाल केवल तीन अंकसहित सातौँ स्थानमा छ। नेपालभन्दा पछि युएई छ, उसको दुई अंक मात्र छ। नेपालभन्दा एक खेल कम खेलेको ओमान ६ अंकका साथ छैटौँ स्थानमा छ।

जारी शृंखलामा तीन खेल जितिसकेको क्यानडा भने एघार खेलबाट १४ अंकका साथ शीर्ष स्थानमा छ। केवल आठ खेल खेलेको अमेरिका र नेदरल्यान्ड्स समान १२ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। 

एकदिवसीय विश्वकप छनोटका लागि निकै महत्त्वपूर्ण मानिने लिग– २ यो जारी सिजनमा निराश नेपाली टिमले अब क्यानडामै टी–२० शृंखला खेल्नेछ।

लिग– २ अन्तर्गत भने नेपाली टिमले ठिक एक महिनापछि अमेरिका र स्कटल्यान्ड सम्मिलित शृंखला खेल्नेछ। अक्टोबर २५ बाट सुरु हुने सो शृंखला अमेरिकाको टेक्ससस्थित डल्लासमा हुनेछ। यो शृंखलामा पनि नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई–दुई म्याच खेल्नेछ।