१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १३:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आगलागी नियन्त्रण सचेतना अभियान सुरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १३:o९:oo

‘चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान कार्यक्रम  सुरु भएकाे छ ।  अभियान ललितपुर महानगर विपत् व्यवस्थापन शाखाले  आजदेखि सुरु गरेको हाे। आगलागी रोकथामका उपाय, अनपेक्षित आगलागीका पूर्वतयारीका पम्प्लेट, श्रव्यदृश्यका कार्यक्रमहरू शुभारम्भ गरिएको छ।

आगलागी नियन्त्रण सचेतना कार्यक्रम शुभारम्भ ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले गरे । ललितपुर महानगर प्रहरीको समायोजनमा १० जनाको समूह अभियानमा खटिने नगरप्रमुखले जानकारी दिए। चाडपर्व नजिकिँदै गर्दा आगलागीका घटना बढ्ने हुँदा ललितपुर महानगरले सचेतना कार्यक्रम सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए ।