१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार o८:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसीले बाँड्यो ६१ करोड  २५ लाखभन्दा बढी लाभांश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o८:२६:oo

एनआइसी एसिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनी तथा इकाइधनीलाई ६१ करोड २५ लाख रुपैयाँभन्दा बढी लाभांश बाँडेको छ । कम्पनीले एनआइसी एसिया क्यापिटलका सेयरधनी तथा म्युचुअल फन्डका इकाइधनीलाई लाभांशबापत सोबराबरको रकम बाँडेको जनाएको छ । 

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाबाट गत आवमा कम्पनीले कुल ५० करोड ७५ लाख नगद प्रतिफल वितरण गरेको हो । यसमध्ये एनआइसी सेलेक्ट ३० (इन्डेक्स फन्ड)ले १४ प्रतिशत अर्थात् १७ करोड ७५ लाख र एनआइसी फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ वितरण गरेको हो ।

त्यसैगरी, डाइनामिक डेब्ट फन्डले १० प्रतिशतले हुन आउने सात करोड ६२ लाख २४ हजार, ग्रोथ फन्डले ९.५० प्रतिशत अर्थात् सात करोड ९३ लाख ४४ हजार र ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार रुपैयाँ लाभांश रकम वितरण गरेको हो । यी सबै फन्डको लाभांश करसहितको हो । 

साथै, क्यापिटलले गत आवको नाफाबाट आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात् १० करोड ५० लाखभन्दा बढी लाभांश पनि बाँडेको जनाएको छ । उक्त प्रतिफल रकम एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको हकमा सम्बन्धित इकाइधनीलाई ९ भदौदेखि तथा बन्दमुखी योजानको हकमा ४ असोजदेखि सम्बन्धित इकाइधनीको हितग्राही खातामा उल्लिखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ ।