१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २३ बुधबार ०७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो, चारजनाको मृत्यु, ३३ को जीवितै उद्धार 

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २३ बुधबार ०७:०३:००

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । बुधबार बिहान ५ बजेको समयमा लु.२ख२१२१ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका– ५ घाटबेँसीबाट नदीमा खस्दा चारजनाको मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ ।

बसकाे गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन सुरक्षा बेस आमदघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरेको छ । जीवितै उद्धार गरिएकामध्ये १८ जनालाई गजुरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

उक्त स्थानमा विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।