१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:o३:oo

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना.१ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुलाबारीमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । 

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुईजना पुरुष सवार थिए । जसमध्ये तीनजना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । गाडी घटनास्थलमा नै रहेको छ ।
 

ad
ad