१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

दोस्रो खेलमा नेपाल वेष्ट इन्डिजसँग १० रनले पराजित, सिरिज १-१ को अवस्थामा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४९:oo

नेपाल दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङमा चुक्दा नेपाल पराजित हुन पुगेको हो।

रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदा मात्र एक सय ५० रन बनाएको हो। दोस्रो खेलसँगै सिरिज १–१ को बराबरीमा पुगेको छ। तेस्रो खेल बुधबार हुनेछ।

पहिलो खेलमा कप्तान रोहितले एक सय १२ रन बनाउँदा नेपालले दुईपटकको टी–२० विश्वविजेता वेष्ट इन्डिजलाई चार विकेटले हराएको थियो। 

दोस्रो खेलमा प्रशिक्षक मोन्टी देसाईले पाँच खेलाडी परिवर्तन गरेका थिए। लोकेस बम, सोमपाल कामी, आरिफ शेख, सागर ढकाल र आकाश चन्दले पहिलो एघारमा स्थान बनाएका हुन्। पहिलो खेल खेलेका कमलसिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई विश्राम दिइएको थियो।

नेपालको इनिङ्समा कप्तान रोहितले ४८ बलमा ६ चौका र दुई छक्कासहित ७१ रन बनाए । त्यसअघि रोहितले ओवेड म्याकोयलाई छक्का हान्दै ३४ बलमा चार चौका र एक छक्कासहित ५० रन पूरा गरेका थिए ।

अन्तिम दुई ओभरमा २६ रन चाहिएको थियो । १३५–८ अवस्थामा रहेको नेपालले १९औँ  ओभरमा मात्र ९ रन जोडेको थियो। निर्णायक ओभरमा नेपाललाई १७ रन चाहिएको थियो । आकाश चन्दको विकेट गुमाउँदा मात्र सात रन मात्रै जोडेको थियो। गुल्सन झाले ११ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए। आक्रामक ब्याटिङ गरिरहेका गुल्सनलाई दायाँहाते स्पिनर तथा कप्तान रोस्टन चेजले बोल्ड गरेका हुन्।

लामो समयपछि अवसर पाएका ओपनर लोकेश बमले १६ बलमा एक चौका र दुई छक्कासहित १७ रन बनाएका हुन् । यसअघि लोकेस ३.१ ओभरमा रिटायर्ड हर्ट भएर बाहिरिएका थिए । छैटौँ ओभरमा क्रिजमा छिरेका उनले थप रन जोड्न सकेनन् । प्राथमिक उपचारपछि क्रिजमा पुगेका लोकेशलाई गुदाकेस मोतीले बोल्ड गरेका हुन् ।  

मध्यक्रमका ब्याटर आरिफ शेखले १२ रन जोेडे । आशा गरिएका आक्रामक ब्याटर कुशल मल्ल भने गोल्डेन डक भए । अनिलकुमार पनि पाँच बलमा एक रन बनाएर आउट भएका थिए । कुशल भर्तेल आठ बलमा मात्र दुई रन बनाउन सके। दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी पनि समान तीन रन बनाएर पेभेलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो ।  

वेष्ट इन्डिजको इनिङ्समा ३६ वर्षीय दायाँहाते ब्याटर आन्द्रे डेभिड स्टेफन फ्लेचरले ३६ बलमा चार चौकासहित सर्वाधिक ४३ रन बनाएका हुन् ।  फ्लेचरले वेष्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् । 

नवौँ नम्बर क्रिजमा आएका गुडाकेश मातीले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई चौका र चार छक्कासहित ३३ रन बनाएका हुन् । अन्तिम ओभरमा उनले दीपेन्द्रसिंह ऐरीलाई २२ रन हानेका हुन् । 

कप्तान रोस्टन चेजले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । पहिलो खेलमा अर्धशतक बनाएका चेजलाई स्पिनर कुशल भुर्तेलले बोल्ड गरेका थिए । ओपनर जोनसन चार्लेसलाई ११ रन बनाएको अवस्थामा सागर ढकालले बोल्ड गरेका थिए। केयसी कार्टीले १० रन बनाउँदा कुशल भुर्तेलले कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन्। 

किमो पउललाई आठ रन बनाएको अवस्थामा सोमपाल कामीले बोल्ड गरे। पउल आउट हुँदा वेष्ट इन्डिजले १६.१ ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । त्यसअघि सागरले आफ्नो दोस्रो बलमै ओपनर एलिक एथानाजेलाई कुशल मल्लबाट क्याच गराउँदै वेष्ट इन्डिजविरुद्ध दबाब बढाएका थिए। 

१८औँ ओभरमा वेष्ट इन्डिजले दुई विकेट गुमाएको हो । हेडन वाल्सलाई नाै रन बनाउँदा कप्तान रोहितले रनआउट गराए। १७.२ मा वाल्स रन आउट हुँदा १७.५ ओभरमा फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीले लोकस बमबाट क्याच आउट गराएका हुन्। 

बलिङतर्फ स्पिनर सागर र कुशल भुर्तेलले समान दुई विकेट लिएका हुन् । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । आकाश चन्द र मल्ल भने विकेटविहीन रहे । बायाँहाते स्पिनर सागरले चार ओभरमा १९ रन खर्चिएका हुन् । पहिलो खेलमा उनी बेन्चमै थिए ।  चार ओभर बलिङ गरेका सागरले २३ रन खर्चिएका हुन् । दुई ओभर बलिङ गरेको अर्का तीव्रगतिका बलर आकाशचन्द पनि विकेटविहीन रहे ।

ad
ad