१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शंखमूलमा भएको आगलागी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:o३:oo

काठमाडौं महानगरपालिका– ३१ शंखमूल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा आएको छ।

शंखमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देवी अटो मोबाइल्स प्रालिमा आज दिउँसो विद्युत् सर्ट भई आगलागी भएकामा अहिले नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए। 

उनका अनुसार आगोले सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरंग बली पान पसल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र महर्जन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फास्टफुड रेस्टुरेन्टमा समेत क्षति भएको छ।

बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको बीसजनाको टोली तथा स्थानीयवासी, तीनवटा दमकलको सहयोगबाट आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए। आगलागीबाट भएको क्षति यकिन विवरण भने आउन बाँकी छ।

ad
ad