१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका भद्रपुर (झापा)
२o८१ बैशाख २४ सोमबार o८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिप र मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, भद्रपुर (झापा)
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५o:oo

झापाको शिवसताक्षी– ८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे.३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जिप एक–आपसमा ठोक्किँदा  मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जिपचालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  मृतकको सनाखत हुन बाँकी छ । 

ad
ad