१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १४ सोमबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामेछापमा जिप दुर्घटना, तीन घाइते

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १४:o२:oo

रामेछापको मन्थली नगरपालिका– ६ भलुवाजोरको सेलेघाटबाट सिन्धुलीको खुर्कोटतर्फ जाँदै गरेको बा.१८च ६१४७ नम्बरको बाेलेरो जिप दुर्घटनामा परेको छ।

दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ।

उक्त गाडी सुनकोशी मरिण डाइभर्सन आयोजनाअन्तर्गत पटेल रमण कन्स्ट्रक्सनको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए।

उक्त आयोजनाअन्तर्गत रामेछापतर्फ सेलेघाटमा रहेको अस्थायी क्याम्पबाट सिन्धुलीतर्फ पर्ने आयोजनाको साइटमा काम गर्दै आएका कामदारलाई खाना लिएर उक्त गाडी जाँदै थियो। सो गाडी सेलेघाट प्रहरी चौकीभन्दा केही तल पुगेपछि अकस्मात् सडकबाट करिब एक सय ५० मिटर तल भिरमा खसेको थियो।

दुर्घटनापछि तत्काल प्रहरी र स्थानीयले घाइतेको उद्धार गरी खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको परिचय खुल्न बाँकी रहेको छ।

ad
ad