सन्दीपले अमेरिका जाने भिसा पाएनन्

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्वीकृत भएको छ।

सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिका जान भिसा नपाएको जानकारी दिँदै नेपाली टोलीलाई शुभकामना दिएका छन्। यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई अमेरिका पठाउने भिसा प्रक्रियामा  गएको बताएको थियो।

सन् २०१९ मा पनि सन्दीपलाई अमेरिकाको भिसा दिन अस्वीकार गरेको थियो। तर, उनले सामाजिक सञ्जालमा यसरी नै पोस्ट गरेपछि भिसा प्राप्त गरेका थिए।

बलात्कार आरोपमा सफाइ पाएपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको छ। फुकुवापछि विश्वकप खेल्ने सम्भावना बढेको आकलन भइरहँदा उनको भिसा आवेदन अस्वीकृत भएको हो।

सुझावित समाचार