मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ९ बुधबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १८:३२:oo

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध परेको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको छ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न भनेको हो।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई उनीविरुद्ध सहकारीको रकम हिनामिनामा कुनै उजुरी/ जाहेरी नरहेको पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराई सर्वोच्च गएका थिए। 

सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले त्यसविरुद्ध अर्को रिट दिएका थिए। न्यायाधीश ढुंगानाको इजलासले भट्टराईको रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो।