ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा बसका चालकले बसमै आगो लगाएका छन्। रिद्धिसिद्धि यातायातका चालकले आगो लगाएका हुन्। उनी आगो लागेर घाइते भएका छन्। 

उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए। 

बस त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै थियो। खाली रहेको बस बन्द गरी भित्र बसेर चालकले आगो लगाएका हुन्। दमकलमार्फत बसमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ। 

See More On

सुझावित समाचार