१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २० शनिबार १४:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डलर साट्ने बहानामा इन्द्रसरोवरबाट साढे १३ लाख चोरी

Read Time : < 1 मिनेट
२०८० माघ २० शनिबार १४:३३:००

डलर साट्ने बहानामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट दुईजना अज्ञात व्यक्तिले साढे १३ लाख रुपैयाँ चोरी गरेर फरार भएका छन्। 

बागमती प्रदेश प्रहरी कार्यलय, हेटौँडाले दिएको जानकारीअनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ५ र थाहा नगरपालिका- ९ को सिमानामा पर्ने सानोपोखरी डाँडाबाट डलर साट्ने बहानामा १३ लाख ५० हजार रुपैयाँ चोरी गरेर दुईजना व्यक्ति फरार भएका हुन्। 

पर्वत जिल्लाको महाशीला गाउँपालिका- २ घर भएर हाल गोरखा जिल्लाको आरुघाट गाउँपालिका- ४ आरुघाट बस्ने २७ वर्षका सजलबहादुर सुनारबाट पहिचान नखुलेका दुई व्यक्तिले १३ लाख ५० हजार रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ।

पीडित सुनारका अनुसार नामथर नखुलेको कालो टोपी, सेतो ट्राउजर, कालो ज्याकेट, रातो कलरको स्पोर्ट्स जुत्ता लगाएको २६/२७ वर्षको र अर्को कालो ब्याग बोकेको, कालो ज्याकेट, कालो ट्राउजर लगाएको २१/२२ वर्षकोजस्तो देखिने व्यक्तिले डलर साट्ने बहानामा नगद रकम लिएर फरार भएको प्रहरीको भनाइ छ।

ती व्यक्तिले विगत एक महिनादेखि सुनारसँग भेटघाट गर्दै आएको र उनीसँग भएको रुपैयाँ डलर साट्ने बहानामा चोरी गरेर फरार भएका हुन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।