मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Thursday, 19 December, 2024
न्युयोर्क
२o८o असोज २१ आइतबार १o:४७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘अमेरिका र चीनका राष्ट्रपतिबीच भेटको तयारी’

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार १o:४७:oo

ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिंटन पोस्टले जनाएको छ । ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको हो । 

‘बैठक पक्का हुनेछ,’ भेटबारे औपचारिक घोषणा भइनसकेको भन्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘भेट गराउने योजनाको हामी प्रारम्भिक प्रक्रियामा छौँ ।’

बाइडेन चिनियाँ राष्ट्रपति जिनपिङसँग भेट्न उत्सुक भएको तर त्यसबारे अहिलेसम्म केही पुष्टि भइनसकेको ह्वाइट हाउसका अर्का अधिकारीले बताएको पनि उक्त अखबारले उल्लेख गरेको छ ।   ती अधिकारीले आगामी सातामा चिनियाँ विदेशमन्त्री वाङ यीले वासिंटनको भ्रमण गरेपछि दुई राष्ट्रपतिबीचको भेटको योजनाबारे स्पष्ट हुने जानकारी दिए ।

‘चीन र अमेरिकाबीच द्विपक्षीय संलग्नता र सहयोग आदानप्रदानबारे कुराकानी भइरहेको छ,’ वासिंटनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पंग्युले भने, ‘दुवै पक्षले अवरोधहरू हटाउन, ठोस कार्यद्वारा मतभेदहरूको व्यवस्थापन गर्न तथा असल विश्वासका साथ संवादलाई बढाउन र सहयोग अभिवृद्धि गर्न एउटै दिशामा काम गर्न आवश्यक छ ।’ वासिंटन पोस्टका अनुसार गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० को बैठकका क्रममा दुई ठूला अर्थतन्त्रका प्रमुखबीचको भेटपछि आगामी नोभेम्बरमा पहिलो व्यक्तिगत भेट हुनेछ । उक्त बैठकमा दुवै राष्ट्रपतिले प्रत्यक्ष कूटनीतिको महŒवमाथि जोड दिँदै अमेरिका–चीन सम्बन्धलाई सही मार्गमा ल्याउन सकिने आशा व्यक्त गरेका थिए ।