मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
रासस कराँची
२o८१ पौष ४ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने

Read Time : < 1 मिनेट
रासस, कराँची
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १७:४७:oo

भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जानकारी दिएको छ।

बदलामा पाकिस्तानले पनि भारतमा आयोजना हुने आगामी आइसिसी प्रतियोगिताहरू अन्य देशमा खेल्नेछ। तटस्थ मैदानहरूको बारेमा अझै निर्णय हुन बाँकी छ।

आइसिसी बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२४–२०२७ को अधिकार चक्रमा आइसिसी प्रतियोगिताहरूमा दुवै देशले आयोजना गर्ने भारत र पाकिस्तानका खेल तटस्थ स्थानमा खेलिनेछ। यो आगामी आइसिसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ (पाकिस्तानद्वारा आयोजना गरिएको)मा लागू हुनेछ।’

यो सम्झौता भारतले आयोजना गर्ने आइसिसी महिला क्रिकेट विश्वकप, २०२५ तथा भारत र श्रीलंकाले आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ सम्म विस्तार हुने विज्ञप्तिमा उल्लेख छ।

सुरक्षा चिन्ता र राजनीतिक तनावका कारण पाकिस्तानमा आफ्नो टोली पठाउनेछैन भनी भारतले आइसिसीलाई बताएपछि यो घोषणाले च्याम्पियन्स ट्रफीलाई लिएर एक महिना लामो गतिरोध समाप्त भएको छ।

तर, यसअघि पाकिस्तानले भने २०२३ को आइसिसी विश्वकप भारतमा खेलेको थियो।